अफ्रिकी देश मालीले युक्रेनसँग कूटनीतिक सम्बन्ध तोडेको छ ।
मालीका एक सैन्य अधिकारीले अघिल्लो महिना अल्जेरियाको सीमानजिक भएको लडाइँका क्रममा युक्रनेले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
उक्त लडाइँमा तुआरेग विद्रोही समूहले मालीका कैयौँ सैनिक र वाग्नर समूहका लडाकुलाई मारेको थियो । मालीको तुआरेग विद्रोहीलाई अलकायदाका युवाले पनि साथ दिइरहेका छन् ।
युक्रेनको मिलिट्री इन्टेलिजेन्सका प्रवक्ता एन्द्रेइ युसोवले जनाएअनुसार, पछिल्लो हप्ता उनको सेनाले तुआरेग विद्रोहीलाई हमला गर्नका निम्ति सूचना दिएको थियो ।
मालीका एक उच्च सैन्य अधिकारीले युक्रेनले विद्रोहीलाई सूचना दिएको सुनेर आफूहरूलाई चोट लागेको जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ