आइतवार, भदौ २३, २०८१

१३ जना लागुऔषध कारोबारी पक्राउ


कान्तिपथ


बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको मातहतमा रहेका जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध कारोबारीलाई धमाधम नियन्त्रणमा लिईरहेको छ। प्रहरीले एकै दिन झापा,मोरङ र सुनसरीबाट १३ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

झापाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का ३२ बर्षीय बिजय मगर, ३७ बर्षीय बिदुर मगर, मेचिनगर नगरपालिका-९ का ४५ बर्षीय शेर बहादुर लिम्बु र माई नगरपालिका-२ इलामका ३० बर्षीय रुपेश ढुंङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ ईलाम घर भई दमक नगरपालिका-५ मा डेरागरी बस्दै आएका २६ बर्षीय अगम राई र कमल गाउँपालिका-५ का ३६ बर्षीय जिवन लिम्बुलाई ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैँया सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-९ का २६ बर्षीय अजय धिमाललाई १ ग्राम ब्राउन सुगर सहित र मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली-३ का २८ बर्षीय विवेक राइलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यस्तै, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकलमा सवार रहेका चालक रंगेली नगरपालिका-७ का २४ बर्षीय अबय शांह र सुनबर्शी नगरपालिका-७ का १९ बर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित र कानेपोखरी गाउँपालिका-२ बाट मोटरसाईकल चालक भारत अररीयाका २१ बर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सगुर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ स्थितबाट स्थानीय २७ बर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-८ स्थितमा बेवारिसे अवस्थामा ट्रामाडोल ९ हजार १०० क्याप्सुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत