शनिबार, भदौ २२, २०८१

नेपाल र अष्ट्रेलियाबीच साझेदारी सम्मेलन आयोजना हुँदै


Jebin Rimal


नवप्रवर्तन मार्फत दिगो विकासलाई अगाडि बढाउन ज्ञान, विचार र उत्कृष्ट अभ्यासहरू साझा गर्न नेपाल र अष्ट्रेलियाका विज्ञहरू,सरोकारवालाहरुको साथ काठमाडौमा शिखर सम्मेलन हुने भएको छ।

धौलागिरी एडभेन्चर प्रालीको आयोजना एब हिमालयन आउट्रीच अस्ट्रेलियाको सहकार्यमा आगामी भदौ ५गते होटल याक एन्ड यतिमा सम्मेलन हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पर्यटन क्षेत्र,व्यापार/व्यवसाय/शिक्षा र संस्कृति बारेमा अस्ट्रेलिया र नेपालको बारेमा बिषयगत बहस हुने संयोजक डिएन घिसिङले बताउनु भयो।

मुलतःआर्थिक तथा सामाजिक परिवर्तनका लागि दुबै देशले मार्गनिर्देशन अपरिहार्य भएकोले पनि कार्यक्रमको महत्व रहेको संयोजक घिसिङ बताउनु हुन्छ।यकातिर दुईदेशका नागरिक बीचको अन्तरघुलनले सांस्कृतीक तथा पर्यावरणिय आकर्षणलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोले सम्मेलन फलदायी हुने उहाले बताउनु भयो।

कार्यक्रममा अस्ट्रेलिया र नेपालका बिज्ञहरुले लेखन प्रस्तुत गर्ने तय भएको छ।अस्ट्रेलियाका तर्फबाट लेखक एब अभियान्ता हाम्जा वारियो,अष्ट्रेलियाली सम्मानित हुनुभएकी शोधकर्ता/नीति विश्लेषक डा. सुजाता तामाङ कार्यपत्र प्रस्तुत गर्ने जनाएको छ।

आयोजक समितिका सदस्य एब ब्यबस्थापक गिता शाहीका अनुसार तयारी पूरा भएको जनाएको छ।अस्ट्रेलिया संग प्रस्तावित भगिनी शहरको बारेमा छलफल प्रारम्भ भएकोले नेपालका शहरहरुले कार्यक्रममा साझेदारी गरेको बताउनु भयो। आयोजक अनुसार कोहलपुर नगरपालिका, छेडाघाट नगरपालिका,लम्की नगरपालिका,बागलुङ नगरपालिका, तारकेश्वर नगरपालिका, शिवसाची नगरपालिका, मेची नगरपालिका, दोधारा चाँदनी नगरपालिका,अर्जुनधारा नगरपालिका, ढोरपाटन नगरपालिका,नमोबुद्ध नगरपालिकाले
साझेदारी गर्ने जनाएको छ।

कार्यक्रममा पुस्तक बिमोचन र वृतचित्र समेत प्रदर्शन हुने आयोजकले जनाएको छ। नेपाल स्थित अस्ट्रेलियाका कुटनैतिक प्रतिनिधि एब नेपाल सरकारका अतिथि सहभागी तय भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत