काठमाडाैं । शनिबार गाजाको एक विद्यालयमा दर्जनौँ सर्वसाधारणको मृत्यु हुने गरी इजरायलले गरेको हवाई हमलाको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले निन्दा गरेकी छिन् ।
विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिइरहेको विद्यालयमा भएको सो हमलामा कम्तीमा ७० जनाको ज्यान गएको थियो ।
‘एक पटक फेरि कयौँ नागरिकको मृत्यु भएको छ,’ कमलाले भनेकी छिन् । साथै उनले बन्दीहरूलाई रिहाई र युद्धविरामको माग पनि दोहोर्याएकी छन् ।
शनिबार भएको हवाई हमलाको पश्चिमी देशका साथै मध्य पूर्वमा इजिप्ट समेत कयौँ देशले आलोचना गरेका छन् ।
सो आक्रमणमा कम्तीमा १९ जना हमास र इस्लामिक जिहादी आतङ्कवादीको मृत्यु भएको इजरायलको रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सीले भनेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ