शुक्रबार, अशोज ४, २०८१

श्रव्यदृश्य आधारभूत तालिम उद्‌घाटन


कान्तिपथ


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने छैंटौ समूहको श्रव्यदृश्य आधारभूत तालिमको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार आयोजित एक कार्यक्रम बीच उद्‌घाटन गर्नुभएकाे छ ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूले पूर्णरूपमा समर्पित, लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुनुपर्नेमा जोड दिँदै प्राप्त ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएकाे हाे ।

घटना, दुर्घटना तथा अपराधको अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई कारबाहीको दायरमा ल्याउन श्रव्य दृश्य सामग्रीको सहयोगी भूमिका रहने उहाँले चर्चा गरे ।

तालिमलाई उपलब्धिमूलक बनाउन आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट अनन्त ज्ञान आर्जन गरी सिकेका सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्नुपर्ने उनले बताए ।

प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना र प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत