मङ्लबार, भदौ २५, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • ३० वर्षे प्रकरण : सर्वोच्चको अन्तरिम आदेश खारेजी माग्दै भ्याकेटमा जाने

३० वर्षे प्रकरण : सर्वोच्चको अन्तरिम आदेश खारेजी माग्दै भ्याकेटमा जाने


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सर्वोच्च अदालतले सरकारका नाममा गरेको आदेशविरुद्ध सरकार भ्याकेटमा जाने भएको छ ।

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश (आदेशसहित) – Kantipath

भदौमा अवकाश हुन लागेका नेपाल प्रहरीका केही एसएसपीले ३० वर्षे आधारमा अवकाशबाट रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।

गृहमन्त्रालयले यसबारेमा महान्यायाधिवक्ता कार्यालयलाई अनौपचारिक जानकारी समेत गराइसकेको छ । लिखित जवाफ दिएर अदालतको पूर्ण इजलासबाट अन्तरिम आदेश खारेज गराउनेतिर लाग्दा समय धेरै खर्चिने भएकाले भ्याकेटमा जान लागिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत