बुधबार, फाल्गुन ६, २०८२

हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव (फोटो फिचर)


कान्तिपथ


जेरुसलेम । लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलमा आक्रमण सुरू गरेपछि दुई पक्षबीचको तनाव चर्किएको छ ।

हिजबुल्लाहले आइतबार करिब एक दर्जन इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेटहरू प्रहार गरेको छ । तर इजरायली सेनाले भने ती ड्रोन तथा रकेटलाई आकाशमै निस्तेज बनाइदिएको जनाएको छ ।

हिजबुल्लाहले गत महिना लेबनानको बेरुतमा इजरायली आक्रमणमा मारिएका आफ्ना बरिष्ठ कमाण्डरको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गरेको जनाएको छ । हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ भने इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहलाई लक्षित गरी आक्रमण सुरु गरेको छ ।

इजरायलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ । उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ । हिज्बुल्लाहले आफ्ना एक कमान्डरको हत्याको बदलामा पहिलो चरणमा गरिएको कारबाहीमा इजरेलतर्फ ३ सय भन्दा बढी रकेट प्रहार गरेको जनाएको छ ।

लेबननको मन्त्रालयले तीनजनाले इजरेली आक्रमणमा ज्यान गुमाएको बताएको छ । हिज्बुल्लाहले आजका लागि योजना गरिएको इजरायल माथिको हमला ‘सम्पन्न भएको र सफल भएको’ पनि उल्लेख गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत