बिहिबार, बैशाख १७, २०८३
  • गृहपृष्‍ठ
  • बिश्व
  • होर्मुज क्षेत्रमा इरानको सैन्य क्षमता कमजोर पारिएको अमेरिकी दाबी

होर्मुज क्षेत्रमा इरानको सैन्य क्षमता कमजोर पारिएको अमेरिकी दाबी


कान्तिपथ


United States Central Command (सेन्टकम) ले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानको जहाजहरूलाई धम्की दिने क्षमता कमजोर बनाइएको दाबी गरेको छ। हालै गरिएको अमेरिकी आक्रमणपछि उक्त क्षेत्रमा इरानको सैन्य प्रभाव घटेको सेन्टकमको भनाइ छ।

सेन्टकमका कमान्डर ब्राड कुपर ले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै यस साताको आक्रमणमा इरानका क्रुज मिसाइल तथा अन्य हतियार भण्डारण गरिएका भूमिगत संरचनाहरू नष्ट गरिएको जानकारी दिएका छन्।

उनका अनुसार आक्रमणका क्रममा हतियार भण्डारण स्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्ने गुप्तचर केन्द्र, मिसाइल रडार प्रणाली लगायतका संरचनाहरू पनि ध्वस्त पारिएको छ।

कुपरले उक्त कारबाहीपछि होर्मुज क्षेत्रमा जहाजहरूको स्वतन्त्र आवागमनमा जोखिम सिर्जना गर्ने इरानको क्षमता कमजोर भएको उल्लेख गर्दै यस्ता लक्ष्यहरूमा निरन्तर आक्रमण जारी रहने बताएका छन्।

उनका अनुसार हालसम्म अमेरिकाले ८ हजारभन्दा बढी इरानी सैन्य संरचनामा आक्रमण गरिसकेको छ, जसमा करिब १३० वटा समुद्री जहाजसमेत परेको दाबी गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत