काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।
नेपाली सेनामा ३७ वर्ष बिताइसकेका सिग्देलले विभिन्न पदमा रही स्वदेश तथा विदेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ