शनिबार, माघ ५, २०८१

सशस्त्रका ४ डीआईजीको सरूवा


कान्तिपथ


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार ४ जना डीआईजीको सरूवा गरिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

जसअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको मानव स्रोत साधन विभागमा सरुवा गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा कार्यरत डीआईजी प्रदीपकुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाइएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोत साधन विभागमा कार्यरत डीआईजीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत