काठमाडौं । सिन्धुली, सिन्धुपाल्चोक र अर्घाखाँची जिल्ला ३ हप्तादेखि प्रमुख जिल्ला अधिकारी सम्पर्क बिहिन भएका छन् ।
दशैं तिहारको समय सुरक्षाका हिसाबले संवेदनशील मानिन्छ ।
यो बेला बजार भाउ नियन्त्रणदेखि अनुमगन र सार्वजनिक यातायातको व्यवस्थापनको सवालसम्म महत्वपूर्ण हुन्छन् ।
विभिन्न विषयमा अन्तर पालिका तथा अन्तरजिल्ला समन्वय काममा प्रमुख जिल्ला अधिकारीको भूमिका बढी हुन्छ ।
तर, सरकारले गृह मन्त्रालयमा कामविहीन भएर बसेका सहसचिवहरु हुँदाहुँदै रिक्त पदमा खटनटपटन गर्न चासो दिएको छैन । राजनीतिक सहमति र शक्ति सन्तुलन मिलाउन खोज्दा प्रमुख जिल्ला अधिकारीहरुको नियमित सरुवा हुन सकेको छैन ।
चाडबाडको मुखमा प्रमुख जिल्ला अधिकारी नहुँदा शान्ति सुरक्षामा पर्नसक्ने असर परेकाे सेवाग्राहीले बताएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ