काठमाडौँ । नेकपा (एमाले) निकट प्रेस चौतारीले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पोख्रेलको राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले कुनैपनि घटनाक्रमबाट प्रभावित नभई असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।
पोखरेलले हिजाे सोमबार पदबाट राजीनामा दिएपछि महासंघको औचित्यमाथि नै टीकाटिप्पणी हुन थालेको सन्दर्भमा चौतारीले एक विज्ञप्ति जारी गर्दै असोज ५ मा चुनाव हुने वातावरण निर्माणमा अपिल गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ