सोमवार, अशोज २८, २०८१

युएनको सैनिक सल्लाहकारमा नेपाली जर्नेलको दावेदारी


कान्तिपथ


काठमाडौं। नेपाली सेनाले संयुक्त राष्ट संघको सैनिक सल्लाहकार(मिलएड) पदमा उम्मेद्वारी नदिने निर्णय गरेकोमा सैनिक नेतृत्वमा परिवर्तनसँग सो निर्णय पनि उल्टिएको छ।

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई उम्मेद्वारीको अवसर र सम्भावित नियुक्तिको अवसरलाई लत्याउँदै तत्काल सेनामा तीनतारे जर्नेल पर्याप्त नभएको भन्दै सो पदमा नेपाललाई दिइएको उम्मेद्वारी मनोनयनको अवसर नलिने अर्थात् सो पदमा नेपालले दावी नगर्ने निर्णय गरेका हुन्।

यसले योग्य जर्नेलहरुको क्षमतामाथि प्रश्न उठेको मात्रै होइन कि युएन संरचनामा संसारकै शक्तिशाली सैनिक पदमध्ये एक मानिएको सैनिक सल्लाहकारको सो पदमा नेपालले दावेवारी प्रस्तुत गर्नबाट बञ्चित थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सेनापति शर्माको सो निर्णय तत्काल पुनर्विचार गरी सक्षम जर्नेललाई सो पदमा दावेदारी पेश गर्न कामु रहेको बखत हालका सेनापति अशोक सिग्देलसँग एक खालकाे परामर्श गरी दुबै जनाको निर्णयमा नेपाली सेनाले सो पदमा दावेवारी पेश गरेको हाे । जर्नेल प्रेमध्वज अधिकारीलाई सो पदमा दावेदारी प्रस्तुत गर्न अनुमति दिइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत