काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसका अवसरमा दरबारमार्गमा आयोजना हुने नेशनल डे कन्सर्टमा सहभागी हुने विषयले नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएको छ ।
साे कन्सर्टमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुने विषयमा प्रहरी प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले मिडियामा गलत सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले रुष्ट हुँदै थर्काएका छन् ।
यस विषयले प्रहरी प्रमुख आईजीपी कुँवर बढी तनावमा परे । उनी कन्सर्टको सुरक्षाले भन्दा प्रवक्ता कार्कीका कारण बिहीबार बढी तनावमा परेका छन् ।
प्रधानमन्त्री ओली दरबारमार्गमा हुने नेशनल डे कन्सर्टमा सहभागी हुने कुरा बिहिबारकाे हाे ।
प्रधानमन्त्री ओलीले दरबारमार्ग क्षेत्रमा कन्सर्ट गर्ने तयारी भएदेखि नै कन्सर्टमा सहभागी हुने जनाउँदै आएका थिए । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूबाट सुरक्षा थ्रेट भएकाले प्रधानमन्त्री ओलीले कन्सर्टमा सहभागी नहुने खबर बाहिरियो ।
केही मिडियामा प्रधानमन्त्री ओली सुरक्षाका कारण सहभागी नहुने भन्ने समाचार आएपछि कन्सर्टमा जाने तयारी गरिरहेका ओलीले समाचारको सूचना कसले दियो भन्दै खोजी गर्न थाले ।
त्यो सूचना नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले दिएको भन्ने पत्ता लाग्यो ।
नागरिक स्तरबाट आज नारायणहिटी दरबार अगाडि हुन लागेको कन्सर्टमा महसुस गरिएको भन्दै प्रधानमन्त्रीलाई त्यहाँ नजान सुरक्षा निकायले सुझाव दिएका कारण प्रधानमन्त्री नजाने उनले बताएका थिए । यसपछि कार्यक्रममा प्रधानमन्त्री सहभागी नहुने भन्ने कुरा समाचार बाहिरिएकाे थियाे ।
डीआईजी कार्की रास्वपाका नेता रवि लामिछानेका प्रिय पात्र हुन ।
प्रहरी महानिरीक्षक कुँवर र डीआईजी कार्कीमाथि प्रधानमन्त्रीले कस्तो एक्सन लिन्छन् भन्ने कुरा पछि थाहा नै हुने छ ?
कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि ५ हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ