काठमाडौँ । ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका प्रहरी अधिकृतहरूले धमाधम निवेदन फिर्ता लिन थालेका छन् ।
आफ्नो पक्षमा फैसला हुने सम्भावना सकिएपछि उनीहरुले सर्वोच्चमा रहेको मुद्दा फिर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि श्याम ज्ञवालीले सर्वोच्चबाट आफ्नो निवेदन फिर्ता लिएका थिए ।
भदौ १६ गतेदेखि डीआइजी विष्णुकुमार केसीसहित ९० जना प्रहरी अधिकृत अवकाशमा जान लागेपछि श्रेष्ठसहितले भदौ ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा भदौ ६ गते अन्तरिम आदेश भएको थियो । तर दोस्रो सुनुवाइका क्रममा भदौ १४ गते न्यायाधीशद्धय विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले अन्तरिम खारेज गरेको थियो । अन्तरिम खारेज भएसँगै उनीहरूको मुद्दाको औचित्य पनि सकिएको थियो ।
तीस वर्षे सेवा अवधिका कारण आफूहरू ४८ वर्षदेखि ५२ वर्षकै बीचमा अवकाशमा जान बाध्य भएको र अन्यायमा परेको भन्दै केही अधिकृतहरूले अदालत गुहारेका थिए । एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफ्नो निवेदन फिर्ताका लागि निवेदन दिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ