
काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ