काठमाडौं । काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रम गरेको छ।
पछिल्लो समय यस कोटदेवी बिद्दानगर समाज सुधार समिति र काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएकाे हाे ।
आज २०८१ असोज १४ गते यस कोटदेवी बिद्दानगर समाज सुधार समितिको बिशेष पहलमा काठमाडौं महानगरपालिकाद्वारा नरेफाँट मनोहरा करिडोर क्षेत्रको सरसफाइ कार्यक्रम गरेको यस समितिका अध्यक्ष देब चौलागाईले जानकारी दिए ।
साथै यस कार्यक्रममा प्रत्यक्ष जोडिएर बिशेष साथदिने माननीय सुनिल केसीलाई अध्यक्ष चाैलागाईंले धन्यवाद ज्ञापन गर्नुभएको छ। उक्त करिडोर सरसफाई कार्यक्रम भोलिसम्म चल्ने महानगरका एक कर्मचारीले कान्तिपथई बताए ।
जनताको सुखदुखमा जोडिनुहुने यस क्षेत्रका सम्पुर्ण समाजिक संघ-संस्था, कामनपा-३२ वडा, स्थानिय जनता धन्यबादका पात्र रहेको समितिका अध्यक्ष चाैलागाईंकाे दाबी छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ