सोमवार, मंसिर २२, २०८२

डिएसपी बस्यालले सम्हाले प्युठान जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशले जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यालय प्रमुखको रुपमा सरूवा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेश बस्यालले जिम्मेवारी सम्हालेका छन् ।

डिएसपी बस्याललाई प्युठान प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरेकाे हाे ।

डिएसपी बस्यालले प्युठान प्रहरी कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

साथै दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित र पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जनाएको हाे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत