सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख


कान्तिपथ


वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक-एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री सिंहले सबै जिल्लाक प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणक आधारमा चेक वितरण गरेको बताए । सिमताल दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत