आइतवार, मंसिर २८, २०८२
  • गृहपृष्‍ठ
  • ब्लग
  • गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु


कान्तिपथ


गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।

“गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले भने ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएको छ, “मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत