बिहिबार, मंसिर २०, २०८१

सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?


कान्तिपथ


काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ ।

मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् ।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ ।

उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो । उँट क्यामेलस (Camelus) प्रजाति अन्तर्गत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत