बिहिबार, मंसिर २०, २०८१

अवैध लागूऔषधसहित ७ जना पक्राउ


कान्तिपथ


काठमाडौं । काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेक पोष्टबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६० ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-२ बस्ने २१ वर्षीय सन्देश भन्ने मिचेन गोलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४८७७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस्तै झापाकाे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले बुद्धशान्ति गाउँपालिका-३ बस्ने ३३ वर्षीय रोजन राजवंशीलाई १ ग्राम ५ सय ६० मिलिग्राम र धनुषा मिथिला नगरपालिका-९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ रानितलाउ बस्ने २४ वर्षीय अस्तित्व नाग र बर्दिया गेरूवा गाउँपालिका बस्ने २६ वर्षीय एन्जल चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.११ प ५९७८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईज जनपद नानपारा बस्ने ४४ वर्षीय सविर अहमद खान र नेपालगंज उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय बब्लु हलवाई रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत