सोमवार, बैशाख १४, २०८३

२३ जुवाडे पक्राउ


कान्तिपथ


काठमाडाैं । कैलालीकाे धनगढी उपमहानगरपालिका-१३ श्रिलंकास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा बैतडी सुर्नया गाउँपालिका-२ बस्ने ३४ वर्षीय करन बिष्ट समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८९ हजार ९ सय २० रूपैयाँ, २ वटा मोटरसाइकल र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस्तै लमजुङकाे बेसिशहर नगरपालिका-७ पुरानो बैंक चोक बस्ने खजिन्द्र गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा बेसिशहर नगरपालिका-८ बस्ने ३३ वर्षीय अक्सर अलिख मिया समेत ८ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय ८० रूपैया सहित पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ कालापानीस्थित मान सिंह ठगुन्नाको धामी कटेजमा जुवातास खेलिरहेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-७ बस्ने २४ वर्षीय बिपिन सिंह समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ४ सय ६० रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत