बुधबार, चैत्र २५, २०८२

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


कान्तिपथ


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अङ्कले ओरालो लागेर चार सय ८० दशमलव २३ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी छ दशमलव ८३, माण्डु हाइड्रोपावर छ दशमलव ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

इस्टर्न हाइड्रोपावर आठ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २४, नेपाल फाइनान्स छ दशमलव ९८, बोटलर्स नेपाल तराई पाँच दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले पाँच दशमलव ५० प्रतिशतले गुमाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत