मङ्लबार, बैशाख १५, २०८३

६० जना जुवाडे पक्राउ


कान्तिपथ


काठमाडाैं । कैलालीकाे गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय दिल बहादुर चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका-६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, गुर्भाकोट नगरपालिका-९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत