बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारूलाई प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधवारदेखि गुमस्ता गाउँ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ