काठमाडौं । नेकपा एमालेले नेता भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने भएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावल तथा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरलले जानकारी दिए। रावल पार्टीमा खासै सक्रिय छैनन् ।
उनीहरुले पार्टी निर्णयविपरीत बोलेको भन्दै एमालेले स्पष्टीकरण सोध्न लागेको हो।
पोखरेलले भने, ‘आजको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एकता र अनुशासन पार्टीको बल हो। सबै जना जिम्मेवार र अनुशासित बनौँ।’
उनीहरुले भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले १० रोपनीभन्दा बढी जग्गा दिएर एमाले पार्टी कार्यालयको भवन बनाइदिन लागेको विषयमा विरोध जनाएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ