शुक्रबार, साउन २, २०८२

दुई डिआइजी एआईजी बढुवामा सिफारिस


कान्तिपथ


काठमाडौं। गृहमन्त्रालयले दुई डिआइजीलाई एआइजीमा सिफारिस गरेको छ।

उमेरहदका कारण अवकाश हुन लाग्दा डिआइजी किरण राणालाई एआइजीमा सिफारिस गरेको हो।

राणा १२ दिनपछि उमेर हदका कारण अवकाशमा जाँदैछिन्।

गृह मन्त्रालयले आइतबार बेलुकी बढुवा समितिको बैठक बोलाई राति नै सिफारिस सूची प्रकाशित गरेको छ।

राणासँगै प्रहरी अस्पतालमा कार्यरत प्राविधिक डीआइजी डा. सुन्दरप्रसाद ह्वोजु पनि एआइजी बढुवा सिफारिसमा परेका छन्।

प्रशासन समूहमा राणा र प्राविधिकमा ह्वोजु एकल सिफारिस भएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत