इस्तानबुल । टर्कीएको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।
गुलेननिकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।
हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीएले ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’को नेतृत्व गरेको आरोप लगाएको थियो ।
गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आएको थियो । प्रशासनले उनको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ