बिहिबार, बैशाख १०, २०८३

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ


कान्तिपथ


काठमाडौँ । बलात्कार र गर्भपतन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर कीर्तिपुर बस्ने ३५ वर्षीय रामचन्द्र केसी छन् ।

उनलाई कीर्तिपुर स्थित पाँगाबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ ।

२०८१ वैशाखमा भएको सो फैसलापछि उनी फरार थिए । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत