काठमाडौं । अब आउदो दश दिनपछि नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मा रिक्त दरबन्दी संख्या ८ पुग्नेछ ।
हाल ५ दरबन्दी रिक्त रहेकामा १७ कात्तिकसम्म थप ३ दरबन्दी रिक्त हुन लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०मा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी किरण राणा गत आइतबार प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा सिफारिस भएपछि एउटा डीआइजी पद रिक्त छ ।
१७ कात्तिकपछि रिक्त हुने ८ डीआईजीका लागि ३ ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० हरुबीच प्रतिस्पर्धा हुने भएको छ ।
जसमा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचीहरु तीन जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०५१ चैत ५ मा प्रहरी निरीक्षक ९इन्सपेक्टर०मा भर्ना भएकाहरु ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
उनीहरु डीआईजीमा बढुवा भए पनि अहिलेकै व्यवस्था अनुसार आउँदो ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । यद्ययि यसै वर्षबाट ३० वर्षे सेवा हटाउने गरी नयाँ प्रहरी ऐन ल्याउने तयारी भइरहेकोे छ ।
यो बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
यो बाहेक ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएको ब्याच र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०५३ को टोलीबाट सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन् ।
यसअघि २०५४ को ब्याचका दानबहादुर कार्की, डा। मनोज केसी र राजन अधिकारी ४ जेठ २०८१ मा राष्ट्रिय अनुसन्धानबाट आएको २०५३ को ब्याच र २०५१ को ब्याचलाई समेत उछिन्दै बढुवा भएका थिए ।
त्यसैगरी माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
प्रहरी महानिरीक्षकको ब्याच २०५१ का अधिकृतहरु कारबाहीमा परेका र कार्यसम्पादन समेत कमजोर रहेको भन्दै उनीहरुलाई छाडेर बढुवा सिफारिस गराउन २०५३ र २०५४ का अधिकृतहरु लागेका छन् ।
यसअघि नै २०५३ को टोलीलाई उछिनेर २०५४ को टोली बढुवा भइसकेपछि २०५४ को टोली पनि अहिले डीआईजीमा बढुवा हुन चर्को प्रतिस्पर्धामा छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ