काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चरम लोडसेडिङका बेला २४सै घण्टा विद्युत उपभोग गरेर लामो समयदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएपछि उद्योगी व्यापारीहरूले कुलेलाम ठाेकेका छन् ।
उद्योगीहरु हारगुहार गर्दै शक्ति केन्द्र धाउन थालेका छन् भने उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु फोन अफ गरेर बसेका छन् ।
हिजाे राति विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनबाट २४सै घण्टा विद्युत उपभोग गरेर बक्यौता नतिर्ने ३४ वटा उद्योगको लाइन काटेपछि उद्योग वाणिज्य महासंघको केन्द्रदेखि प्रदेशसम्मका सबै पदाधिकारीहरु फोन अफ गरेर बसेका हुन् ।
आफुहरुले पटक-पटक ताकेता गर्दा एवं किस्ताबन्दीको सुविधा दिँदा समेत अटेर गरेपछि लाइन काटेको घिसिङले बताए । लाइन काटिएका र किस्ताबन्दीमा बक्यौता तिर्न आएका उद्योगहरुको सूची दिउँसोसम्म सार्वजनिक गरिने समेत उनले बीमापोष्टलाई बताए ।
चरम लोडसेडिङका बेला २०७२ साल देखि २०७५ सालसम्म २४सै घण्टा विद्युत् उपभोग गरेर पनि उद्योगी व्यवसायीले विभिन्न बहाना बनाउँदै मशहुल र जरिवाना तिर्न मानिरहेका छैनन् । कतिपय अदालत पुगेका छन् भने कतिले शक्ति केन्द्र धाएर लाज छोप्दै आएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ