जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लाका सबै स्थानीय तहमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।
केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी नायव उरीक्षक (डिएसपी) दिपेश बस्यालले बिभिन्न खालका जनचेतना मुलक कार्यक्रम गरिरहनु भएकाे छ ।
पछिल्लाे समय जिल्ला प्रहरी कार्यालय प्युठानले आम नागरिकहरुका लागि धेरै राम्रा काम कार्य गर्दै
आएको छ ।
बालश्रम,बाल विवाह,यौनजन्य अपराध विरुद्ध प्रशिक्षण तथा सुचना सामाग्री,ब्रोसर वितरण, जनचेतनामुलक जिङ्गल प्रसारण मार्फत जानकारी दिदै आएको हाे ।
जिल्ला प्युठान नौबहिनी गाउँपालिकाका विभिन्न वडाहरुमा लामो दूरीको गस्ती गरी दुरदराजमा बसोबास गरिरहेका आम नागरिकहरुको गुनासो, सल्लाह र सुझाव संकलन लगायत “लागु औषध दुर्व्यसन, बाल बिवाह, घरेलु हिंसा तथा बहुबिबाह न्यूनिकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम गरेकाे डिएसपी बस्यालले बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ