काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ ।
सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले संगठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताए ।
प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई थप सजग र सतर्क भई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट सञ्चालित ३० कार्यदिन अवधिको तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी गराए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ