आइतवार, फाल्गुन २४, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • माओवादी लडाकू शिविर घोटाला : प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी

माओवादी लडाकू शिविर घोटाला : प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी


कान्तिपथ


माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध युवराज पौडेल सफलले उजुरी हालेका हुन्।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ।

माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ।

त्यस समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६ सय सेना प्रमाणिकरण गरेको थियो। पौडेलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्व खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन्।

राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत