काठमाडाैं । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर BEST POLICE OF THE MONTH काे “महिनाको सर्वोत्कृष्ट प्रहरी” प्रहरी निरीक्षक बिबेक बस्नेत बन्न सफल भएका छन् ।
प्रहरी निरीक्षक बस्नेतलाई विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाे भन्दै उच्च मूल्याङ्कन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।
प्रहरी निरीक्षक बस्नेतले मिति २०८१।०६।०४ गते जिल्ला ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका वडा नं. ५ वैताङगु स्थित घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान-१ (एक) सहित प्रतिवादी पक्राउ गर्न सफल भएको साथै ऐ.ऐ. स्थित जङ्गलको ओढारमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक बरामद गर्न सफल भएका थिए ।
पक्राउ परेकालाई सम्मानित जिल्ला अदालत ताप्लेजुङबाट ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भई फरार व्यक्तिलाई मिति २०८१।०६।१५ गते पक्राउ गरी कैद जरिवाना असुलका लागी सम्मानित ताप्लेजुङ अदालतमा उपस्थित गराएको, जिल्ला ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं. २ वैराखु स्थित घरमा लुकाई छिपाई राखेको अवस्थामा मिति २०८१।०६।१६ गते 9 ROUND 11051 AOUTOMATIC PISTAL लेखिएको थान-१ हतियार बरामद गरी प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको साथै अपराध अनुसन्धान शाखामा कार्यरत रही मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाएको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेकाे हाे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ