काठमाडौँ । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् ।
शुक्रबार राति विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् ।
उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् ।
पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ