मङ्लबार, मंसिर २५, २०८१

१५० जना नेपाली शान्ति सैनिक दक्षिण सुडान प्रस्थान


कान्तिपथ


काठमाडौँ । संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित मिसनमा तैनाथ रहन ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हाे ।

त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएको निर्देशनालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत