बुधबार, फाल्गुन ६, २०८२

विभिन्न हातहतियार सहित एक जना पक्राउ


कान्तिपथ


दाङ । लमही नगरपालिका-३ बनगाउँस्थित हरियाली टोल बस्ने ४० वर्षीय गणेश कुमाललाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कुमालले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले घर तलासी गर्दा भरूवा बन्दुक २ थान, खाली बट, बन्दुकको काठको बट १ थान, बन्दुक नाल १ थान, बन्दुकको नाल बनाउन प्रयोग हुने फलामको पाईप १ थान, बारूद जस्तो देखिने पदार्थ २ सय १२ ग्राम २ सय ३० मिलिग्राम, छर्रा १ सय ३५ थान, केप १८ थान, ठुलो गोली २९ थान लगायतका हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत