बुधबार, मंसिर २६, २०८१

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा


कान्तिपथ


काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो ।

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ ।

म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए ।

यसका लागि उनलाई ५ लाख डलर अफर गरिएको थियो । उजुरीमा भनिएको छ, अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो ।

रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए । तर यो षड्यन्त्र पुरा हुन सकेन । यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ । दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ ।

सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए ।

ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर शहरमा चुनावी र्‍यालीमा गोली हानिएको थियो, जसमा उनको कानमा गोली लागेको थियो ।

यस घटनाको ६४ दिन पछि, फेरी उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत