शुक्रबार, साउन २, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • निर्मलाबारे अन्तरवार्ता दिने अर्याल र लिने धमलासँग प्रहरीको सोधपुछ

निर्मलाबारे अन्तरवार्ता दिने अर्याल र लिने धमलासँग प्रहरीको सोधपुछ


गणेश विक


कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति सार्वजनिक भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआईबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत