मङ्लबार, मंसिर १८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • बिबादस्पद मेडिकल ब्यावसायी प्रसाईंलाईं सर्वोच्च अदालतमा ल्याइयो

बिबादस्पद मेडिकल ब्यावसायी प्रसाईंलाईं सर्वोच्च अदालतमा ल्याइयो


कान्तिपथ


बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइलाईं अदालतमा उपस्थित गराइएको छ । 

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

सो निवेदनका आधारमा उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।  

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत