मङ्लबार, मंसिर १८, २०८१

दुर्गालाई साइबर अपराधका तीन कसुरमा पक्राउ गरिएको हो : सीआईबी


कान्तिपथ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइमसहित तीन वटा कसुरमा मुद्दा चलाउने तयारी गरको छ ।

प्रसाईँविरुद्ध साइबर क्राइम, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआईबीको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैया लगानी गरेको दाबी गर्दै प्रसाईले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए ।

सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको दाबी गरिएको छ । प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

सीआईबीको टोलीले प्रसाईँलाई मंगलबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई आजै काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिने भएको छ ।

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए । विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए । उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत