शनिबार, मंसिर २९, २०८१
  • गृहपृष्‍ठ
  • ब्लग
  • इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु


कान्तिपथ


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । 

 जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् ।

 सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् ।

 प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् । 

 समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ ।

इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ ।

 राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ ।

प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिइएको छ ।

पाकिस्तानी सेनालाई कानून र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यू लगाउने अधिकार दिइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत