बिहिबार, माघ ३, २०८१

अवैध लागूऔषध सहित आठ जना पक्राउ


कान्तिपथ


धरान उपमहानगरपालिका-२ भानुचोकस्थित सेवारो ताप्लेजुङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा शहिदभुमी गाउँपालिका-४ बस्ने २६ वर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका-२ बस्ने ३६ वर्षीय दिनेश सुर्खेती (सार्की) रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित ३ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने २७ वर्षीय चिरन्जिवी राई, सोही ठाउँ बस्ने २७ वर्षीय असिम राई र २९ वर्षीय मन्जिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चिरन्जिवीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सृजना कुमारी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-११ जखडीमाई मन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३० ग्राम सहित सोही नगरपालिका-११ बस्ने ४० वर्षीय कमल कुमाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गणेशस्थानबाट खटिएको प्रहरीले सिमल ढापबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ४०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कमललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत