बिहिबार, माघ ३, २०८१

मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु


कान्तिपथ



काठमाडौँ । मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु भएको छ ।

रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा रुसी सेनाका एक जनरल रैंकका सैनिक अधिकृतको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रसियाको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ रहेको बताएको छ ।

स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको उल्लेख छ । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।

अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत