मङ्लबार, बैशाख ८, २०८३

ट्राफिक नियन्त्रण तालिम सञ्चालन


गणेश विक


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५३औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक संजय बहादुर राउतले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गरी बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गरेकाे हाे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान ४० जना गरी कुल ५६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियाे । File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत