काठमाडौं । कोटेश्वरमा शुक्रबारका दिन “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत “शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ।
उक्त कार्यक्रम प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काँडाघारी, सामुदायिक सेवा तथा विकास समाज, र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर-३२ को संयुक्त आयोजनामा कोटेश्वर महादेवस्थानस्थित सामुदायिक सभाहलमा सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष श्री रविन्द्र थापाले गरेका थिए। प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्र.ना.उ. बिरेन्द्र गोदार प्रमुख अतिथि रहेका कार्यक्रमको विशेष अतिथिमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. दल कुमार राई, प्रहरी प्रभाग काँडाघारीका प्रमुख प्र.नि. राजन थापा, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. सुर्य प्रसाद पौडेल, र वडासदस्य हिरादेवी पोख्रेल रहेका थिए।
त्यसैगरी कोटदेवी विध्यानगर समाज सुधार समितिका अध्यक्ष देवराज चौलागाईं, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक लव विष्ट, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू र स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन महासचिव पदम कुमार रेग्मीले गरेका थिए।
कार्यक्रममा नागरिकहरूले शान्ति सुरक्षा, ट्राफिक समस्या, र विकास निर्माण सम्बन्धी विभिन्न प्रश्नहरू राखेका थिए। ट्राफिकसम्बन्धी प्रश्नको उत्तर ट्राफिक प्रभागका प्र.नि. पौडेलले राखेका थिए भने विकास निर्माणका प्रश्नको उत्तर वडा सदस्य हिरादेवी पोख्रेलले राखेका थिए।
समग्रमा उठेका प्रश्नहरूको उत्तर प्रमुख अतिथि प्र.ना.उ. गोदारले राख्दै आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए।
अध्यक्ष रविन्द्र थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।
बिहान ८:१५ मा सुरु भएको कार्यक्रम ९:३० मा सम्पन्न भएको थियो। कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ