आइतवार, माघ २७, २०८१

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको यताउता


कान्तिपथ


काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरु यताउता भएका छन् ।

जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औं डफ्फा र केवलजंग गुल्म तेश्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औं डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको छ ।

त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरु सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबारगते नै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाल मिसन कंगोमा १ हजार १५१ जना नेपाली शान्ति सैनिकहरु कार्यरत छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत