आइतवार, माघ २७, २०८१

बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ


कान्तिपथ


काठमाडौँ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

बरिष्ठ अधिवक्ता त्रिपाठी अदालतमा बहसपछि दक्षिण गेट अगाडीको सडक खण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गरेका थिए ।

त्रिपाठीलाई आक्रमण गर्ने व्यक्तिहरु मध्ये जिल्ला दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार केसीलाई नियन्त्रणमा लिई ज्यान मार्ने उधोग कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत